म, अस्मिता अनि उनको रातो स्कुटर | Nepali Love Story


 म, अस्मिता अनि उनको रातो स्कुटर | love Story Nepali


देउखुरीको त्यो हरियाली, चर्को घाम अनि गाउ-घर छोडेर अन्त जान त कहाँ मन थियो र तर आफ्नो रोजाई को कोर्स  कलेज न हुनाले, काठमाडौँको एउटा इन्जिनियरिङ कलेजमा नाम लेखाएपछि म पहिलोचोटि काठमाडौँ आएको थिएँ, नयाँ ठाउँ परिवेशले मन अलि अतालिएको थियो। तर पनि इन्जिनियरिङ जोइन गरेकोमा मनमा छुट्टै खुसी थियो। आएको तीन दिनपछि मेरो कलेजको पहिलो क्लास थियो। म उत्साहित हुँदै कलेज गए नोटिस बोर्डमा आफ्नो कक्षाको रुम नम्बर हेरेर, म सरा-सर कक्षामा  गएर बसे। म जाँदा त्यहाँ कोही आएको थिएनन्। 

short nepali love story



५-१० मेनेट भएको हुदो हो म आफ्नो  मोबाइल हेर्न व्यस्त भइरहेको बेला ढोकाबाट कोही भित्र आएको जस्तो महसुस भयो,अस्सो हेरेको एउटी केटि पो रेहेछे। रातो tshirt, कालो paint, सेतो जुत्ता अनि ओठमा हल्का लिपिस्टिक बेन्च मा उनि १०/१० देखिएकी थिइन्। म त टोलाएछु, उनि मेरो अघिको बेन्च मा आयर बसे पछि मात्र म झस्किए। जस्मिन सेन्टको सुगन्धले मेरा इन्द्रियहरूमा केही उत्सुकता जगाई रहेको थियो। मैले हात अघि बढाउदै hi, माधब दाङ्ग बाट अनि तिमि।  उनले पनि मुस्कुराउदै उनको नाम अस्मिता भएको र ‘म पनि दाङ्ग बाट नै हो नि ’ भनिन्। 


दुवै जना दाङ्ग बाटै भएको हुनले पनि हाम्रो कुराहरु सहज तरिकाले अघि बढ्यो। कुरा अघि बढे पोछि अस्मिताको  घर घोराहि भएको र उनि पनि गोर्खा कलेज मै पढेको थाहा पाए। म भने देउखुरी बाट थियो अनि म पनि गोर्खा कलेज, लमाही बाटै पढेको थिए। धेरै कुरा मिल्दो-जुल्दो भएको हुनाले पनि हामी हास्दै कुरा गर्दै बस्यौँ। 


एकछिन को रमाइलो कुरो पछी हामीलाई नोटिस आयो विद्यार्थीहरू न आएको हुनाले आज कुनै कलास नलाग्ने भनेर। अनि मैले उनलाई चिया पिउन जाने अनुरोध राखे, सानो सोर मा उनले “हुन्छ!” भनिन्। 


अस्मिता १ साल पहिले नै काठमाडौँ आएकी रहेछिन। आफ्नो दिदि संगै बस्ने हुनाले उनि संग एउटा रातो रंग को स्कुटर पनि रहेछ। त्यो दिन पनि उनि तेसै मा आएकी थिन, हामी स्कुटरमा पुल्चोव्क तिर चिया पिउन लाग्यौ। 


चिया को त्यो मिठास र हाम्रा तिनी आलारे कुरा हरु ले बातावरण नै उत्साहित बनेको जस्तो लाग्थियो। बाल्यकाल का रमाइला पल अनि अब को नया कहानी मा धेरै अन्तर देखि रहेको म, चिया कति बेला सकियो थानै पाएन। एकछिन तेतै दुले पछि तेहा बाट अब कोठा तिर जानी सहला भयो। उसैले नै मलाई मेरो कोठा सम्म छोडेर गईन। 


त्यो चियाको पहिलो भेटपछि हाम्रो मित्रता झन् गाढा हुँदै गयो। काठमाडौँको व्यस्त सडकमा उनको रातो स्कुटरमा सँगै घुम्ने बानी परिसकेको थियो। कहिले कलेजको असाइनमेन्ट सँगै बसेर गर्थ्यौँ, कहिले उनको स्कुटरमा चोकचोक डुल्दै नयाँ ठाउँहरू खोज्थ्यौँ। दाङको सम्झना बोकेर आएका हामी दुवैलाई यो नयाँ शहरमा एकअर्काको साथले घरझैँ महसुस गराउँथ्यो।


अस्मिताको हाँसो र उनको सानो कुरामा पनि रमाउने बानीले मलाई दिनदिनै लोभ्याउँदै गयो। उनको स्कुटरको पछाडि बसेर हावासँगै बग्दा, उनको कपालको सुगन्ध र हाम्रा कुराकानीले मेरो मनमा अनौठो माया जगाउन थाल्यो। एकदिन पुल्चोकको चिया पिउँदै गर्दा मैले उनको हात समातेर भने, "अस्मिता, यो स्कुटरको यात्रा तिमीसँग मात्र रमाइलो लाग्छ, सधैँभरि यस्तै रहिरहोस् है!" उनले लजाउँदै मुस्कान छेकेर "हुन्छ, माधव!" भनिन्।


त्यस दिनदेखि हाम्रो मित्रता प्रेमको रंगमा रंगियो। उनको स्कुटरमा घुम्ने हरेक पल अब प्रेमकथाको एउटा अध्याय बन्यो। देउखुरीको हरियाली र घोराहीको सम्झनालाई पछाडि छोडेर हामीले काठमाडौँको यो व्यस्त शहरमा आफ्नै एउटा सानो संसार बनायौँ। स्कुटरको गति सँगसँगै हाम्रो माया पनि तीव्र बन्दै गयो, र हामीले एकअर्कालाई जीवनको यात्रामा साथी बनाउने सपना सजायौ।


हजुरहरूलाई यो नेपाली कथा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला। यस्तै कमेन्ट लेख्नाले हामीलाई अझै यस्ता कथाहरु लेख्न उत्साहित गर्छ। 

।।।धन्यवाद।।।


*

Post a Comment (0)
Previous Post Next Post