अधुरा मायाका भाबना | Sad Nepali Shayari

Nepali Shayari:


 तिम्रो लागि कतै ठाउँ छ मेरो मुटुमा

म त्यो ठाउँलाई कहिल्यै मेटाउन सक्दिन

तिम्रो बारेमा म के सोच्छु

म त्यो कुरा तिमीलाई कहिल्यै भन्न सक्दिन

 तिमी मेरो किताबको त्यो पाना हौ

जुन म तिमीलाई कहिल्यै पढाउन सक्दिन

तिमी सोध्छौ कि म तिम्रो को हुँ

सायद म यो कुरा तिमीलाई कहिल्यै बताउन सक्दिन!

nepali shayari




एक अन्तिम पटक तिमीलाई नियाल्न मन छ

 त्यसपछि तिम्रो नयनलाई आफ्नो नजरमा कैद गरी 

  म तिमीलाई स्वतन्त्र छाड्ने छु …!!


बिराम छैन

त्यसैले विश्राम छैन

विश्राम छैन

त्यसैले विराम छैन।


ठिकै छ,

अलिकती जीवन चल्नु न हो!

चलेकै छ।

अलिकती बाटो काट्नु त हो!

कटेकै छ।


तर मन छ


एकपटक फर्केर हेर्न

आफ्नै जीवनलाई

थोरै त मन छ अब

चौतारीमा सुसेल्दै सुस्ताउन

एकैछीन थकाइ मार्न


सायद अब जरुरि छ !!



प्रेम मृत्यु भन्दापनि भयानक छ, किनकि
मृत्युले एकैपटक मार्छ भने, प्रेमले कयौ पटक!!


हजुरहरूलाई यो नेपाली शयारी कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला। यस्तै कमेन्ट लेख्नाले हामीलाई अझै यस्ता शयारीहरु लेख्न उत्साहित गर्छ। 

।।।धन्यवाद।।।




*

Post a Comment (0)
Previous Post Next Post