सानो खरायोको ठूलो जित | short story for kids in nepali

 सानो खरायोको ठूलो जित | short story for kids in nepali


एउटा हरियाली जंगलमा एउटा सानो खरायो बस्थ्यो। उसको नाम सेते  थियो। सेते सानो र कमजोर देखिन्थ्यो, तर उसको मनमा ठूलो हिम्मत थियो। जंगलका अरू जनावरहरू बाघ, भालु, र स्याल उसलाई सधैँ जिस्क्याउँथे। "सेते, तँ त सानो खरायो मात्र होस्, केही गर्न सक्दैनस्," उनीहरू भन्थे। तर सेतेले सोच्थ्यो, "म सानो भए पनि एक दिन सबैलाई आफ्नो हिम्मत देखाउँछु।" उसको आट नै उसको जिउने आधार थियो।

नेपाली बच्चाको कथाहरु


एक दिन जंगलमा ठूलो खबर फैलियो। बाघले सबै जनावरलाई चुनौती दियो, "जसले मलाई दौडमा जित्छ, ऊ जंगलको सबैभन्दा चतुर र बलियो कहलिनेछ!" सबै जनावर डराए, किनभने बाघ एकदमै छिटो दौडन सक्थ्यो। तर सेतेले सोच्यो, "यो मेरो मौका हो। म बाघलाई जित्छु।" सेतेले यो आबशर  उसको क्षमता देखाउने मौका ठान्यो।


दौडको दिन आयो। बाघसँग दौडिने अरु कुनै  जनावरले हिम्मत देखाएनन्।  बाघ ठाडो उभिएर हाँस्यो, त्यत्तिकैमा सेते बाघलाई चुनौती दिँदै  अघि बढ्यो। 

"सेते, तँ मसँग दौड्छस्? यो त हाँसोको कुरा भयो!" 

सेतेले मुस्कुरायो र भन्यो, "हाम्रो दिमाग र खुट्टाले जित्छ, ठूलो शरीरले होइन।" सबै जनावर हाँसे, तर सेतेले हिम्मत हारेन।


दौड सुरु भयो। बाघ छिटो-छिटो दौडियो, तर सेतेले आफ्नो चतुर दिमाग प्रयोग गर्‍यो। ऊ ठूलो बाटो छोडेर सानो बाटो हुँदै दौडियो, जुन छोटो थियो। बाटोमा एउटा खोलो आयो। बाघले खोलो तर्न डरायो, तर सेतेले हाम फालेर पार गर्‍यो। त्यसपछि एउटा ठूलो रुखको हाँगा झुकेको थियो। बाघ त्यहाँ अड्कियो, तर सेते  सानो भएकाले सजिलै निस्कियो।


अन्तमा, सेते  पहिला दौडको अन्तिम रेखामा पुग्यो। बाघ पछाडि पर्‍यो। सबै जनावर छक्क परे। उनीहरूले ताली बजाएर सेतेको जयजयकार गरे। बाघले पनि लाज मानेर भन्यो, "सेते, तँ साँच्चै चतुर र हिम्मती रहेछस्। तँ नै जंगलको विजेता होस्।"


त्यस दिनदेखि, सेतेलाई कसैले सानो भनेर जिस्क्याएनन्। ऊ सानो खरायो थियो, तर उसको हिम्मत र बुद्धिले सबैको मन जित्यो। सेतेले सबैलाई सिकायो; सानो भए पनि ठूलो काम गर्न सकिन्छ, यदि हिम्मत र मेहनत छ भने।


सिकाइ: बच्चाहरू हो, सेते  जस्तै आफूमा विश्वास राख्नु। सानो शरीरले होइन, ठूलो मन र चतुर दिमागले जति सुकै ठुलो चुनौती सजिलै  जितिन्छ। सपना देख्नु र त्यसका लागि मिहिनेत गर्नु नै ठूलो कुरा हो! 

More Nepali Kathaharu: 


हजुरहरूलाई यो nepali kid story, नेपाली कथा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला। यस्तै कमेन्ट लेख्नाले हामीलाई अझै यस्ता कथाहरु लेख्न उत्साहित गर्छ। 

।।।धन्यवाद।।।


0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post