NEPALI SHAYARI | 20+ TOP SHAYARI

तिम्रो मायालेमात्र मनलाई फटाउन सकु

सँगै भएर तिम्रो हरेक दुख हटाउन सकु

भगवानको दया र तिम्रो इच्छा रहेछभने

आस छ,यो जन्म तिमीसँगै कटाउन सकु

भाग्यमा छाै या छैनौ,थाहा त छैन मलाई

मनमा हमेसा तिमी लाई नै अटाउन सकु

यदि बिचैमा भगवानले बोलाए भने पनि

मेरो आत्मा तिम्रै हित मा खटाउन सकु….🤗


सबै फाटेको लुगा का सिलाउन मिल्छ र?

टुक्रिसकेको मुटु का मिलाउन मिल्छ र, ?

तिमि आफ्नै दुनिया मा रमाएका छौ,

पुराना यादहरु, का केलाउन मिल्छ र?..


मान्छे भएर मात्र

हुँदैन

मानिसमा मानवता

पनि हुनु पर्छ ।..


म प्रेम गर्छु भन्नु जस्तै सजिलो

उसप्रति प्रेम दर्शाउन सजिलो छैन नि!!..


गरिबीले प्रेमलाई सपना बनाउँछ,

र धनले प्रेमलाई भ्रम।

जब प्रेम अनि पैसा एउटै छानामुनि आउँछन्,

त्यहाँ त्याग र स्वार्थबीच युद्ध सुरु हुन्छ।

अन्त्यमा, वा त प्रेम मर्छ, वा आत्मा।

यही हो जीवनको गहिरो विडम्बना।..😢


टाढिनु या नजिकिनु चाहा त्यो मनलाई थाहा होला

प्रेम गणना होइन भेट र वियोग दुवैमा आधा होला !!..


जीवन हो घाम छाया

सुखदुख दुवै हुन्छ

जीवन हो बिना माया

छटपटि तड्पन हुन्छ

समयचक्रमा घुमिरहने

घडीको तार हो कि नसामा

झुमिरहने कुनै भुल होकि

हासी हासी वाचिदिन्छ खुशीमा नाचिदिन्छ

यहि होकि यसको बानी यो जिन्दगानी….


म त भोगि रहेछु यो जीन्दगी को हर एक मजा

स्वीकारी रहेछु पलपल पाइरहेको हर एक सजा !!..😒


यो पृथ्वीमा भएका सबै चिजहरु जस्तो

छ त्यस्तै देखिन्छ सिर्फ मान्छे बाहेक..😑


जसमा प्रवाह छ,

निरन्तरता छ,

यो पवित्र नै छ

प्रेमिहरुको अनवरत प्रेम

जस्तै शुद्ध छ , पबित्र छ ।❤️


कुरा गर्नको लागि मात्र कुरा के गर्नु,

आफै आधा छु अरूलाई पूरा के गर्नु !..😢


प्रेमले दिएको बिष त् अमृत हुन्छ

यो त् फुल हो

ओइलाउदैमा अस्तीत्यो कहा सकिछ र

जस्तै रिसाउदैमा प्रेम कहाँ सकिन्छ …


मैले तिमीलाइ भुल्ने बाचा पो गरेको हो

तिमीलाइ भुल्ने दावा गरेको होइन नि !.😑😑


लडेपछि उठ्ने भनेको आफै हो,

यहाँ अर्काले उठाउने भनेको,

पैसा, फाईदा र लास मात्रै हो…


लडेपछि उठने भनेको आफै हो यहाँ

अरूले उठाउँछ भने खोज्छ फाइदा त्याहाँ

पैसाको सौदा हुन्छ सहानुभूतिको भेषमा

लासको मूल्य तोकिन्छ यथार्थको देशमा

त्यसैले उठ अब आफ्नै लागि आफै

अरूको हात होइन साहस सम्हाल्दै आफै

छायाँले पनि साथ छोड्छ हेर अँध्यारोमा

आत्मा बलियो होस उज्यालोको तयारीमा …


म भिडमा हराएको छैन,

म त भिडमाै एक्लो भएको छु..!


अरुकै थियौ, अरुकै भयौ।

जसरी तिमीलाई ऊ,

अनि उसलाई तिमी औधी मन पर्छ,

साहिबा, यो दुनिाँमा मलाई के मन पर्छ भनुूँ?

मलाई त म मैजस्तै मन पर्दैन।..


म तिमीलाई यही भन्न चाहन्छु:

एउटा उत्तम सम्बन्ध मात्र होइन,

तर एउटा परिपक्व सम्बन्ध होस।

त्यहाँ कुनै झूट नहोस,

कुनै धोका नहोस, कुनै ब्रेकअप नहोस।

केबल एकअर्कामा माया-प्रेम र बिश्वास होस।

अनी कुनै कुरामा झगडा परे पनि कुरो सजिल्यै मिलोस,

र जिबन सधैं सँगै होस। यो कस्तो सुनिन्छ प्रिय?..🤔😍

Leave a Comment