शब्द बिना सम्झिने, मनले मन छुन सक्ने चाहिन्छ ।
लाजमा मुस्कान होस, रिसमा पनि मायालु स्वर,
अनि आफैमा ‘अडिग, स्वाभिमानी’ झल्किने चाहिन्छ ।
बाच्न मन लागोस फेरी फेरी उसकै यादमा,
यस्तो प्रेमी जीवनसाथी, सपनी जस्तै चाहिन्छ ।
माया होस, विश्वासको डोरी बाँध्ने साथी चाहिन्छ
सुख-दुःखमा साथ दिने, नछुट्ने पंछी चाहिन्छ ।
बोलिमा मिठास होस, नजरमा गहिरो समझदारी,
मनको भाषा बुझ्ने, यस्तो बुझेको साथी चाहिन्छ ।
धेरै कुरा नहोस्, तर मौनतामा पनि साथ होस,…..
छोडेर जान हो नसक्ने,
मरेरै जान त खासै गाह्रो हुदैन होला !!
सुख…के मत दु:ख चाहान्छु,
सुख उसलाई दिनु जसलाई म चाहान्छु !!
मेरो मनको अनुराग हौ तिमी,
मेरो स्पन्दनको झँकार हौ तिमी
त्यो भन्दा पनी अझै धेरै धेरै,
म ज्युँदो हुनुको आभाष हौ तिमी!
लेख्नलाई कलम होइन
शब्द राम्रा हुनुपर्छ
देख्नलाई रुप होइन ब्यवहार
राम्रो हुनुपर्छ !!
प्रिय तिमी.. … ;
तिमी दुःखी छौ भने मलाई दिएर हेर, दु:ख घट्छ
सुखी छौ भने पनि दिएर हेर त्यो सुख अझ बढ्छ
तिम्रो साथ समर्पण र संवेदनशीलता नै साँचो जीवन
सौन्दर्य हो बाँड फाँड गरौ हेर यसरी नै माया अड्छ…..
मिठा यादहरु
कुंदिएका छन्
दिलको भित्ताहरुमा
एक कलात्मक शिल्प बनि
म दंग पर्छु
कसरी यादहरु
यति सारो कलात्मक हुन सक्छन्
कसरी यादहरु
यति विघ्न प्रिय हुन सक्छन्
बलियो उत्प्रेरक बन्न सक्छन्
कसरी यादहरु
अमर-अजर बन्न सक्छन्
पथप्रदर्शक बन्न सक्छन्
बनाउन सक्छन्
उचाल्न सक्छन्,…..
सांच्ची प्रिय
तिमीलाई अचम्म लाग्दैन!
यादहरु कहिलेकही
मायालुभन्दा प्यारा हुन्छन्
मायालुभन्दा मिठा हुन्छन्।
पुरानो सोच भएको मान्छे हुँ म,
मलाई एउटै सम्बन्ध जिन्दगीभरलाई चाहिन्छ…..
सबै कुराको एउटा सीमा हुन्छ,आवश्यकता भन्दा
बढी भएपछि औषधिले पनि गलत असर गर्दछ…..
बोल्नलाई मन हुनुपर्छ
नत्र समय त हर कोही संग कम नै हुन्छ…..
मलाई सबै को ब्यवहार याद छ
मुस्कान सहितको भेट्लाइ माफी नठान्नु…
तिमी र यो सहर उस्तै लाग्छ मलाई,
दुवैको मुहार बिहान-बेलुका बदलिन्छ।
एउटा सिन्दुरे साँझमा,
सहरले गन्ध तिम्रो केशको बोकेको जस्तो लाग्छ।
बर्खाको रातमा —
टुक्रिएका बिजुलीका झिल्काहरू
तिम्रा आँखाभित्र लुकाइएका सपना झैं टिम्टिमाउँछन्।…
फूलहरूजस्तै बोकेको थिएँ तिमीलाई,
तर सहरले जस्तै तिमी पनि
हिउँदमा ओइल्यौं —
र बसन्तमा अर्कै कोहीसँग फेरि फुल्यौं।
तिमी नयाँ मान्छेसँग नयाँ शैलीमा ढल्यौ,
सहरले पनि पुराना गल्लीहरू भत्काएर
नयाँ बिल्डिङ बनायो — म नचिनेको शैलीमा।….
रूप बद्लिने कला तिमीमा थियो,
जसरी सडकहरू बद्लिन्छन् नक्साअनुसार,
तिमी पनि बद्लियौ मान्छेअनुसार।
म भने उही चौकको पुरानो बटुवाजस्तै —
तिमीलाई कुर्ने तर छुट्ने यात्रु।….
सत्य हुँ म — जुन बदलिँदैन।
जसलाई थाहा पाएपछि
ओठमा मुस्कान आउँदैन,
दूरी बनाइन्छ, सहन सकिन्न।
अस्तित्व अस्वीकार्य लाग्ने
यो आडम्बरले भरिएको संसारमा
म यस्तै हुँ — सत्य।..
अब त निन्द्राले हाेईन जिम्मेवारी ले थकाउँछ
कति सजिलो थियाे त्याे समय जहाँ निदाउनु र उठनु मात्रै काम थियाे।..
“हार्नु गलत होइन.. तर हार मान्नु गलत हो…!
किनकि पूर्ण-विराम अन्त मात्र होईन,
नयाँ “वाक्य” को सुरुवात पनि
हो!”…..
झरि त ,
मलाई पनि पर्छ
चियाको चुस्की लिँदै
झरिमा प्रेम भाव
खुलेरै पोखुँ पोखुँ लाग्छ
बखान गर्दै आत्मिक बनुँ लाग्छ
कास: ओभानो ,
ओत लाग्ने ठाउँ हुँदो हो
अवस्था व्यवस्थित नहुँदा
झरि पनि अभिसाप जस्तै छ
र पनि मेरो झरिसंग प्रेम छ ।…
यदि
त्यो गुलाबी ओठले
यो ओठ छोयो भने,
यि दुई आत्मा एकताबद्ध हुनेछन।
यदि
हामीले दुनियाको षड्यन्त्रलाई
बेवास्ता गर्न सक्यौ भने,
हाम्रा सपनाहरू
हरेक समय
एक अर्काको काखमा सुत्नेछन।
यदि
हामी दूरी घटाएर
मायाप्रेममा हराउन सक्यौ भने,
हामी जिन्दगीभर एक साथ रमाउनेछौ।….