केही गल्तीका पानाहरू च्यात्न खोजेँ,
केही अनुच्छेद अधुरै छोडेँ
र केही पानाहरू नलेख्ने निर्णय गरेँ
कतिपल्ट त आफ्नै कथामा म नै हराएँ ।
तर अझै धेरै अध्याय बाँकी नै छन्,नि…होइन र?
बिस्तारै रात ढल्किँदैछ,
निशा चुपचाप ओर्लिँदैछ
मनको आँगनमा,
जसरी सम्झनाहरू आउँछन्
बिनासङ्गीत, बिना आवाजमा,
साँच्चि,
यो रात किन यति एक्लो हुन्छ?
कि मुटु पनि त्यस्तै शून्य छ ?
अनौठा लाग्छन् यी रातहरु
कहिले प्रेमका साक्षी बन्छन्
त कहिले
साक्षी हुन्छन् बिछोडका आँशुहरुको ।
शायद अन्त्यमा कोही त हुनेछ होला
जो मेरो खाली पाना मा पनि लुकेका ती कथा पढ्नेछ
कि त धुलोमै बिलाउँछु होला
थुप्रै किताबहरूबीच,आफ्नो अस्तित्व गुमाउनेछु…..
एउटा सल्लाह : आफ्नो ख्याल राख्नु
एउटा अनुरोध : मलाइ कहिल्यै नबिर्सिनु
एउटा चाहना : सधैं खुसी रहनु
एउटा सत्य :म सधैं तिमिलाइ माया गर्नेछु
हुन्न !
म अहिले गर्दिन !
म यो गर्न असमर्थ छु !
म आउँदिन !
मलाई यो मन परेन !
यस्ता बानीको बिकास गर्न सक्नुपर्छ अब ।
नत्र आफुले आफुलाई पीडा दिनुको विकल्प छैन ।
बलेको आगो ताप्ने दुनियाँ हो भने पहिले दनदन बल्न सिक्नुपर्छ ।
आफ्ना शब्दहरु ति मानिसहरुलाई दिनुहोस,
जो सत्य बोल्छन, सम्मान गर्छन, मूल्यवान छन,
र सकारात्मक प्रतिक्रिया दिन्छन।
अनि आफ्नो मौनता ति मानिसहरुलाई दिनुहोस,
जो असत्य बोल्छन, अनादर गर्छन, मूल्यहीन छन,
र नकारात्मक प्रतिक्रिया दिन्छन।…
प्रिय तिमी .. … ;
यो सुनसान काहालिलाग्दो सडक
मध्यरात, झरी को मौसम
अनवरत एक्लोपनको चिच्चाहट
गुडीरहेका पाङ्ग्रा का आवाज
एक्लो यात्री म
यो सडक
यो मौसम सगैं
मेरो अन्तरमनको तरङ्ग
तिमीले बुझ्न नसकेका भावहरू
हठात समाप्त हुने यात्रा को भय
डरलाग्दा काहानीहरूको समरण .. …
“जिन्दगी भोगेपछि बुझिन्छ…”
सुन्दा त कथा जस्तो लाग्छ जिन्दगी,
देख्दा त सजिएको साज जस्तो लाग्छ जिन्दगी।
जब आँशुहरू मौन भएर बग्न थाल्छन्,
त्यसपछि मात्रै चोट बुझिन्छ जिन्दगी।
अरूको हाँसोमा खुशीको भ्रम सजिन्छ,
तर भित्र कतै चिच्याउँछ पीडामा जिन्दगी।
सपना देख्दा त जून जस्तो लाग्थ्यो,
भोग्दा छायाँभन्दा गाह्रो लाग्दो रहेछ जिन्दगी।
माया त शब्द होइन, अनुभवको अर्थ हो,
जसले पीडा सँगै साँचो प्रेम लेख्छ जिन्दगी।
तिम्रा आँखाहरू
रहस्य मात्र होइनन्,
एक बाटो हुन्,
जहाँ मन हराउँछ,
र हृदय कहिल्यै फर्किदैन ………
फुल जस्ति तिमी वरीपरी भमरा डुले होलान
तिम्रो रुप देछेर कैयौ दिवानाहरु झुले होलान
म पनि तिनै दिवानाहरूको लाईनमा छु प्रिय
तिम्रो चक्करमा कैयौले यो संसार भुले होलान…
भन यो मन यति लाचार भयो किन
मेरो खुशी तिम्रो आधार भयो किन
म त गएको थिए फर्किने आशाले
तिम्रो खुशीको समाचार भयो किन
प्रेम दुबैको थियो साथ पनि दुबैको
तिमीले जित्दा मेरो हार भयो किन
अब त बिर्सि दे बिर्सनेलाई भन्छु म
सम्झि रहन्छ मन बफादार भयो किन….
एउटा लास
भर्खरै जल्दैथियो
बागमतिको किनारमा।
कोही भन्दैथियो-
सकियो एउटा प्राणपखेरु!
मैले
ध्यान लगाएँ र हेरिरहेँ
बिलाउँदैथियो एउटा सग्लो शरीर
अनि
बिस्तारै फैलिँदै थियो
मन्दिरका सिँढीहरुमा
माटोमा
हावामा
पानीमा
प्रस्तरमा
रुखका पातहरुमा
र बिस्तारै घुस्रियो
मलामीका श्वासहरुमा..
तर्कनाहरु आउँछन बग्रेल्ती छरिदै
भावनाका छालहरु
छछल्किन्छन किनारसम्म
मनले आदेश दिईसक्दा समेत
कहिले काहि अन्योलमा परिन्छ
मौसमले च्यालेन्ज दिईरहन्छ
निर्णय गर्नुपर्ने समयमा
दोधारे बनेर काम हुदैन
गन्तव्य भेट्न सकिदैन
सफलताको शिखर चुम्न सकिदैन
त्यसैले निडर निर्भिक निश्चिन्त हुनुपर्छ।….
समय ले यति शान्त बनाएको छ कि मलाई,
न कोहि संग बहस गर्न मन छ,
न कसैलाई बुझाउन मन छ ।
हरेक मान्छे भित्रैदेखि नाश हुँदैछ,
कसैले तस्बिर खिच्न छोडेका छन् –
कसैले नयाँ लुगा लगाउने शौक त्यागेका छन्,
कसैले प्रेमलाई घृणा गर्न थालेका छन्,
कसैले एक्लोपन मन पराउन थालेका छन्,
कसैले साथीभाइ भेट्न छोडेका छन्….
सबै रुखले फल दिनै पर्छ भन्ने पनि छैन
कुनैकुनै रुखले त छहारी दिए पनि मनलाई शान्ति हुन्छ।
हार्न त तिम्ले पनि हारेकै हो आफ्नो वचन संग
मैले पनि त हारे आफ्नो जीवन संग..!
कोहि आउदैमा र कोहि जादैमा जिन्दगी बद्लिदैन,
बस बद्लिन्छ त केबल जिउने तरिका !!