Heart Touching Shayari in Nepali

साँचो प्रेम पैसामा बिक्छ कहिल्यै नसोच्नु !

झुटो माया जीवन्त टिक्छ कहिल्यै नसोच्नु !… 

जिन्दगीमा हजार चोट भोगेको त्यो मान्छे…

क्षण भरमै हास्न सिक्छ कहिल्यै नसोच्नु !…

झुटो मायाको नाटक रच्दै हिड्ने त्यो मान्छे

मेरो लागी मुटु नै झिक्छ कहिल्यै नसोच्नु !..


बन जलेको समाचार छापियो

मन जलेको देखेनौ पापी हो

पागल बनिन्छ…

मान्यो भने दैवले घुस खान

अलिकती किन्ने हो मुस्कान

पागल बनिन्छ…

आतिन्छ मन, चर्किन्छ गिदि झन

तिम्रा याद नि तिमी झैँ जिद्दी छन्

पागल बनिन्छ…

सधैं भरी हाँस्न पो पाँइदैन

रुन कुनै आइतबार चाहिँदैन

पागल बनिन्छ…

हँसाइ हँसाइ रुवाउने चिजलाई

माया भनिन्छ ।

nepali sad shayari

तिमीसँग न त कुनै सम्बन्ध छ,

न त कुनै किसिमको वाचा।

तैपनि मलाई केहि थाहा छैन,

किन यो मन तिमीसँग जोडिएको छ?

Also Read: Nepali Heart Touching Shayari | heart touching nepali shayari


जब श्रीमान संसार संग लडेर थाकेको शरीर 

लिएर घरमा शान्ति खाेज्दै फर्किन्छ,

तर त्यो घरमा श्रीमतीको अनुहारमा मुस्कान 

छैन भने 

धनले केही अर्थ राख्दैन 

किनभने नारीको स्वभावले नै घर रमाउँछ….


बिहानै एउटा बिलाप 

देखेंथें एक थोपो आँशु एउटा 

मौन बिलौना।

थाहा थियो तिमीले पाएको 

चोट सुनेर पनि के गर्नु 

सम्झिने फुर्सद नभएसी

 सम्झाउने होस नरहेसी..


सब पाइयो तिमिलाइ माया गरेर,

जे बाकी रह्यो… त्यो तिमी नै थियौ….!!


म यस्तै छु;

हर कोहि सँग मिल्न नसक्ने,

अनि मिल्नेहरुलाई भुल्न नसक्ने !!

Also Read: Nepali Shayari About Life | Nepali Shayari


जादाजादै अन्तिम एउटा गुन लगाइदिन्छौ?

चर्किएको घाउमा थोरै नुन लगाइदिन्छौ ??


प्रिय, मलाई सुन्दरतामा नखोज न ल,

जिम्मेवारीले मलाई,कुरुप बनाएको छ…!!


प्रेमलाई मजाक बनाएका छन्,

सुन्दरता शरीर शारीरिक रूप र धनलाई माया गर्नेहरूले 

नत्रप्रेममा झुपडी बस्नेहरूका लागि पनि दरबारहरू हुन्थ्यो…


केटाले बोलेर केटीलाई जति माया गर्छ, 

केटीले चुप लागेर उसलाई त्यति नै माया गर्छ…


छायाँले मलाई उज्यालोमा खोजिरहेछ, 

 मुर्ख म अन्धकारमा उसलाई खोजिरहें ।


यो मन 

सम्झिरहन्छ 

टाढैबाट टोलाइरहन्छ

र बोलाउन खोजिरहन्छ 

तर आजभोलि चकमन्न  छ त्यो झीलीमिली सहर 

सुन्ने छ मनको देवालय 

शून्य छ हृदय, छन् त केबल याद हरुको  चिच्याहट 

र  मुटुभित्रै सिंगो मसानघाट !!


” आकर्षण भनेको- मोह हो…..

 आत्मसमर्पण भनेको – प्रेम…..

 जो कहिले अन्त्य नै हुँदैन चाहे रिस होस् राग होस्…..

 जुन व्यक्तिसँग हामीले प्रेम गर्छौ छुटेर गएपनि त्यो व्यक्तिलाई प्रेम गरिरहेको हुन्छ….


आमा भन्नु हुन्थ्यो पैसाको लहर चलिरहेको छ ,

तलाई माया गर्ने मान्छेहरु तेरो मन हेरेर आउँदैनन् ,

तेरो औकात छ कि छैन हेरेर आउँछन् ।


जीवन यसरी बाँच्नुहोस् कि 

यदि कोही हाँस्छ भने, 

ऊ तिमीलाई हेरेर होइन, 

तिम्रो कारणले हाँस्नेछ,

यदि ऊ रुन्छ भने, 

ऊ तिम्रो लागि रुन्छ, 

तिम्रो कारणले होइन….


सम्बन्धलाई तटस्थ राख्न सक्नु बुद्दिमानी क्षमता हो,

धेरै अघि बढे  या पछि सरे सम्बन्ध बोझिलो हुन्छ र पीडा थपिन्छ।


सुन्दर” कुरा देख्नु भन्दा “महशुस” गर्नु मै आनन्द आउँछ ।

त्यसैले त भगवान सम्झिदा हामी आँखा बन्द गर्छौ ।


दिनभरी आहारको खोजीमा गुड देखी टाढा गएर बेलुका आफ्नो गुडमा फर्केर दिनभरीको गतिबिधि बारे सुसकेर मार्दै दुई चिबे चरो । 

टाढा-टाढासम्म आहारको खोजीमा उडेका दुई चिबे चरा बेलुका सूर्य अस्ताउँदै गर्दा थाकेका पखेटा सम्हाल्दै आफ्नो पुरानै गुडमा फर्किएर,

एक आपसमा हेरे, सुस्केरा हाले –

“आज त त्यो पाखामा केही थिएन”, एउटाले भन्यो ।

“हो नि, म त झन् बगैँचामा मान्छेले लखेटिहाले”, अर्कोले थप्यो ।

तर दुःखका बीच पनि उनीहरू सँगै थिए, आफ्ना अनुभव बाँड्दै, सानो गुडलाई फेरि एकपटक मुस्कानले भरिदिँदै ।


मनपरेको फुलको माली रहेछ ! 

                         फुलको जोवान नै जालि रहेछ ! सार्न मन थियो आफ्नै बगैंचामा, 

                        खल्ति छामेको त खाली रहेछ !


Also Read:

  1. Motivational Shayari Nepali |Nepali Shayari
  2. नेपाली मन छुने शायरी | Nepali Mann Chune Shayari

Leave a Comment