---Advertisement---

Nepali Kabita Haru | Kabita in Nepali Language

Updated On:
nepali kabita haru
---Advertisement---

झरीको त्यो रात

 चुपचाप

 बगेका थिए

भावनाहरूका नदी  ,

बिहानीमा 

पारिजातका फुलहरू

ओइलिनु अघि

अन्तिम उज्यालो बाँकी राखेर

उसका –

पाइलाहरु चिहाइरहेका थिए,

ऊ आयो मौन, 

भिजेको हावा लिएर

चुपचाप 

त्यो क्षण वियोग थिएन ,

थियो त केवल 

झरेका पारिजात र 

भिजेको हावा को मौन मिलनको स्वीकार ।

कहिलेकाहीँ

शब्दहरू नै थाकेजस्तो लाग्छ,

मौनता नै कविता बनिदिन्छ

र त

मनले खोज्छ —

एउटा टोलाइरहेको क्षितिज

जहाँ न आघात हुन्छ,

न त अपेक्षा।

त्यहीँ कतै

बादलको घुम्टोमा

लुकेको देखिन्छ

एक किसिमको प्रेम


बिगतको गल्ती

बिगतका गल्तीहरू थिए,

सायद नसोचेका पाइलाहरू थिए।

आज तिनै पाइलाको मूल्य तिर्दैछु,

आँशुमा डुबेर पनि मुस्कान सिर्दैछु।

गल्ती थिए, स्वीकार गरेँ,

अन्धकारमा आफैसँग धेरैपटक झगडा गरेँ।

तर हरेक चोटले केही सिकायो,

कसैको नजरमा झुकेपनि, आत्मा उठायो।

भोकेको छु, स्वीकार्छु म यो सत्य,

तर अबको यात्रा हुनेछ शुद्ध र पवित्र।

किनभने गल्तीमा लुकेको हुन्छ शिक्षा,

र म तयार छु फेरि उभिन, बिना कुनै शंका।.

Also Read : Nepali Kabita

nepali kabita haruDownload Image

हामीले मान्छे होइन,

तीनका मुखौटाहरू चिनेका रहेछौँ।

कसैले मुस्कानको मुखौटो

लगाएर पीडा लुकाउँछ,

कसैले बाठोको मुखौटो

लगाएर डर लुकाउँछ।

अनि अहिले त परिस्थिति यस्तो आयो,

जहाँ अनुहारमाथि अर्को अनुहार थपियो

डरको, रोगको, दूरीको।

यथार्थ यही हो,

जसलाई नजिक सम्झिन्थ्यौं,

उसलाई समेत चिन्न गाह्रो भयो।

सायद अब चिन्नु पर्‍छ,

मुखौटो भन्दा भित्र लुकेका मान्छेलाई।

शब्द भन्दा गहिरो मौनतालाई।

नजिक भन्दा टाढाको सम्बन्धलाई।

र, आफूभित्र लुकेको “मान्छे” लाई पनि।


गाउँबाट जूनकिरी मासिएको रहेनछ।विजुली जानु र जूनकिरी पिलपिलाउनु एकैपटक जस्तो भयो।

मन कति पुलकित भयो भने-अँध्यारोसँग पनि प्रेम भएको जस्तो भयो।एकछिन जूनकिरीको पछिपछि कुदेँ र बाल्यकालका स्मृति -दंशलाई सुम्सुम्याएर मनलाई शीतल बनाएँ।

जीवन भनेको आखिर सम्झनै सम्झनाको‌ लामो माला त हो।


कहिले काँही त लाग्छ, जिन्दगी नै एउटा ठुलो मजाक हो। जसलाई हामी सबैभन्दा बढी माया गर्छौं, उसैले हामीलाई सबैभन्दा गहिरो घाउ दिन्छ। हाँस्ने प्रयास त गरिन्छ, तर त्यो हाँसोको पछाडि लुकेको पीडा कसैले बुझ्दैन। 

समयसँगै सबै ठिक हुन्छ, तर कतिपय चोटहरू यस्ता हुन्छन्, जुन समयले होइन, सम्झनाले अझ गहिरो बनाउँछ। माया साच्चै गरेकै हो, तर कहिल्यै बुझिएन। आज सबै छन् वरिपरि, तर आफ्नोपन कतै हराएको जस्तो लाग्छ। न त गुनासो गर्न सकिन्छ, न त आँसु देखाउन… बस भित्रभित्रै चुपचाप बाँच्नु।


Also Read:

  1. नेपाली कविता|Nepali Kabita Haru
  2. नेपाली मन छुने शायरी | Nepali Mann Chune Shayari

---Advertisement---

Leave a Comment