म भावनालाई लेख्छु
भावनाले मलाई लेख्छ
मनले भावना लेख्छु
भावनाले मनलाई लेख्छ
म भावनालाई बुझेर लेख्छु
भावनाले मलाई बुझेर लेख्छ
म मनभित्र भावना देख्छु
भावनाले मनभित्र संसार देख्छ
आज थाहा भो
संसार त मन भित्रै रहेछ
अनि म भित्र मन रहेछ
मनभित्र सबैथोक रहेछ
सबैथोक भित्र म आफै रहेछ….
उनको पनि के नै थियो र!
एक चिटीक्कको मुटु
ठिकैको बोली
मध्यम चेतना
अनि फुलजस्तो शरिर,
र मेरो लागि
त्यही नै काफी थियो
त्यही नै पुर्ण थियो।..
झरी परिरहेछ ,यो शान्त सडक
चुपचाप भिज्दैछ,……
यो सडक, यो झरी, यो मौनता,
जहाँ म हराइरहेछु,
र यो वर्षासँगै,
फेरि एकपटक -म भिजिरहेछु……
म अचेल खबरमा अल्झिन थालेकोछु
म आफ्नै शहरमा बल्झिन थालेकोछु
म कुइरोको काग जस्तै रनभुल्ल भएर
नपिएको जहरमा हल्लिन थालेकोछु….
“भगवान श्री कृष्ण भन्नुहुन्छ”
तपाई नकारात्मक मान्छेलाई जति कम
जवाफ दिनुहुन्छ तपाईंको जीवन त्यति नै
शान्तिपूर्ण हुन्छ।..
खोजे जस्तो प्रकृति र सोचे जस्तो जिवन कहाँ हुन्छ पाईन्छ र?
ऐनालाई के दोष दिनु जो अगाडी आउछ उसैको मुहार देखाई दिन्छ,
यो अवसरवाद को जमाना हो,
तिमीले अरुलाई जति वेवकुफ बनाउन सक्छौ तिमी उत्ति नैं महान,
होईन भने जिसले रिबन काटेर उद्घाटन गर्छ
शिलालेखमा उसैको नाम हुनु पर्दैन र ??
अब ममा त्यो न्यानो मुस्कान छैन
जुन तिमिले कहिल्यै बुझेनौ
न त त्यो समर्पण बाकी छ न त त्यो असह्यय आँखा
मेरो हृदय अब सुन्यताको भाषामा बोल्न थालेको छ
तिमिले नचाएको म अब आफैलाइ चीन्न थालेकी छु
प्रेमको त्यो अनगिन्ती कोशिस
अब तिमिप्रती होइन आफू प्रती जागृत छन
तिमी आउदा अब चोट बल्झिदैन
किनकी अब म जुन छैन जो पहिले थिए
फर्किएर आएपनी के गर्छौ तिमी
अब म त्यो रहिन जो पहिले थिए….!!
हटाइ सारा तिम्रो शंकालु अवोध भरम
आउ बस, माया पिरतीको कुरा गरम
नजिक आउ मेरो पास हटाऊ संकोच
प्रेमको रसले भरिदिन्छु तिम्रो त्यो सोच
मन मुटुको स्पर्श हामी आपसमा साटौं
स्वप्निल गजलहरू एक स्वरमा गाऔं
नबोल तिमी अब केहि, मनैले बताऊ
बुझें तिम्रो भाषा, मनसँग मन मिलाऊ.. …
यदि एकजना रोइरहन्छ र अर्को हाँसिरहन्छ भने,
त्यहाँ एकले मात्रै प्रेम गर्नुको कुनै औचित्य रहन्न,
सम्बन्धमा साझा खुसी अनि साझा दुख हुनु पर्छ,
एककोखुसी बेग्लैअर्कोको रुवाई बेग्लै,भयो भने
कसरी सम्बन्ध बाँच्न सक्छ?एकार्काको दुखमा दुख लाग्ने
र खुसीमा खुसी हुनु नै सम्बन्धको बलियो पक्ष हो ।..








