---Advertisement---

Nepali Kabita

Updated On:
nepali kabita haru
---Advertisement---

रहस्यमय कविताको

अपूर्ण भाव 

 कथाको भित्रको

अधुरो कहानी 

सिंगै जिन्दगी

पढ्न बाँकी अध्यायहरु

जम्मै पृष्ठभूमि 

अल्मलिएर कहाँ 

गहिरिन सक्छु र 

पोखिएर छताछुल्ल 

अस्तित्व मेंटिदा

पोखिनु भनेको 

रित्तिनु होईन 

फैलिनु पनि हो 

आफैलाई सान्तवना 

आहा! 

कस्तो गज्जब।..

nepali kabita haruDownload Image

स्त्री

ब्रह्माण्डको मौन शक्ति

जो सृजनाको मुकुट।

सहनशिल,

फूलझैँ कोमल रपनि 

तूफान बनेर उठ्न पनि जान्दछिन्।

हर चोट आँशु मात्र होइन

साहसमा बदल्छिन्।

जति तोड्न खोज्छौ

थप शक्तिशाली

कठोर,अडिग र

आफैमा पूर्ण बन्छिन्।

उनी केवल शरीरमात्रै होइन

आत्मा हुन्

अपूर्णलाई पूर्ण बनाउने शक्ति….

अन्य कबिताको लागि: नेपाली कविता|Nepali Kabita Haru


दुःखले मन थिच्दा

र खुसीले छाती भरिदिँदा,

साँससँगै सम्झिने

 एउटै अनुहार तिमी,

राती निद्रा हराउँदा

र बिहान घामसँगै मुस्कान 

फर्काउँदा,

मनको कुनामा बोलाउने 

एउटै नाम तिमी,

मौसम झैँ बदलिने दुनियाँमा

स्थिर भएर मभित्र बाँच्ने

एउटै मान्छे तिमी ……..


प्रिय तिमी…; 

तिमी आएकी छौ

जसरी वसन्त आउँछ

अघोषित तर यथार्थ

तिमी बसेकी छौ

जसरी सपनामा पग्लिन्छन

जीवनका उज्याला पातहरू

तिमी त्यो होईन

जो आउँछन

केही सम्झनाहरूमा डेरा हालेर जान्छन

तिमी त हौ

सम्झनाको मूलघर

जसलाई म कहिल्यै खाली राख्न सक्दिन

त्यसैले नसोच तिमी क्षणिक छौ भनेर..


उड्नु र फर्किनु 

उनको स्वतन्त्रता हो,  

र  

प्रतीक्षा  मेरो

हृदयको गहन चाहना हो, 

प्रेम त–  

हृदयको स्वतन्त्र नृत्य हो,  

जहाँ  

प्रेमिल भावनाहरू  

स्वतन्त्रतामा नाँचिरहन्छन्, 

तर हेर न 

न त बाध्यता, न त आग्रह,  

वसन्तको सुगन्ध लिएर

फर्किन्छन उनी प्रेमको अनुराग बोकेर ।

झूटले सत्यलाई सोध्यो-

तिमी किन चुप छौ??

सत्यले दुःखी हुँदै भन्यो-

तिम्रो प्रभाव जताततै छ,

मेरो कुरा कसले सुन्छ…


तिम्रो हात,

हृदय र आत्मालाई

बलियोसँग समात्न,

सबैभन्दा राम्रा क्षण राख्न

र सबै कुराहरू साझा गर्न

यो मुटु तिमीलाई दिएकोछु।

तर एकछिनको लागी नभएर

सधै, सधैभरी साथ पाउन,

अनी जिबनका सुख-दुखमा

र हासो-खुशीमा

हातमा हात होस भनेर

यो मुटु तिमीलाई दिएको छु।

तिमीले कहिल्यै बिश्वासघात नगर्नु।..

Also Read:

  1. नेपाली कविता|Nepali Kabita Haru
  2. Nepali Shayari Haru |परदेशी जीवन

---Advertisement---

Leave a Comment